आज सुनको मूल्यमा भारी गिरावट

HTV Khabar २३ अशोज २०८२, शुक्रबार १२:३६ मा प्रकाशित

काठमाडौं, नेपाली बजारमा सुनको मूल्यले विहीवार कायम गरेको ऐतिहासिक उच्च मूल्यमा शुक्रवार ठूलो गिरावट आएको छ।

एकै दिनमा प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर सुनको बजार मूल्यमा नाटकीय परिवर्तन आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार, शुक्रवार छापावाला सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहीवार सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य थियो।

यसको विपरीत, चाँदीको मूल्य भने शुक्रवार बढेको छ। विहीवार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ।

आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १ हजार ४७५ रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ।

बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, डलरको भाउ र भू-राजनीतिक परिस्थितिले सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।

विहीवार रेकर्ड ब्रेक वृद्धिपछि शुक्रवार आएको गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैमा उत्सुकता बढाएको छ।