सुनिल गिरिको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपालको युरोप शाखा गठन

सबिन पन्त 'पृथक' ८ फाल्गुन २०८०, मङ्गलबार ०१:२४ मा प्रकाशित

काठमाडौं, नृत्य निर्देशक संघ नेपालको युरोप शाखाको गठन भएको छ। संघको केन्द्रिय बैठकले यूरोपमा रहेर आ- आफ्नो पेसामा रहि जिविकोपार्जन गर्दै आईरहेका नृत्य निर्देशक हरुलाई एउटै छाता मुनि संगठित बनाएर लैजाने उदेश्यले युरोप शाखाको गठन गरिएको नृत्य निर्देशक संघका केन्द्रिय कोषाध्यक्ष केशव कोइरालाले बताएका छन्।


अन्य पदाधिकारी र सदस्यहरु पछि थप गर्नेगरी निम्न अनुसार समिती गठन भएको उनले बताए। 


सुनिल गिरी- अध्यक्ष, खडानन्द आचार्य-सचिव, भुवन आछामी-कोषाध्यक्षमा चयन भएकाछन्  भने सदस्यहरुमा रामकृष्ण कोइराला, रजनी शाक्य र सनि शाही चयन भएकाछन्। 

त्यस्तै सल्लाहकारमा नृपध्वज खत्री, रेनु गुरुङ चयन भएकाछन्।