काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाले शान्ति सुरक्षा गर्नका निम्ति नेपाल प्रहरीलाई सवारीसाधन प्रदान गरेको छ।
जेन जी आन्दोलनमा कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र रहेका काडाँघारी प्रहरी प्रभाग, मुलपानी पाटाचौर प्रहरी चौकी र थली स्थित प्रहरी चौकीमा आगजनीका कारण भवन तथा सवारी साधनहरु जलेर पूर्णरुपमा नष्ट भई शान्ति सुरक्षाको लागि प्रहरी गस्ती गर्न कठिनाइ भएको कारण नेपाल प्रहरीलाई नगरपालिकाले सवारीसाधन प्रदान गरेको हो।
कागेश्वरी मनोहरा नगरपालीकाका प्रमुख उपेन्द्र कार्कीले काडाँघारी प्रहरी प्रभागको निम्ति ४ पाङ्ग्रे टाटा कम्पनीको पिकअप, मुलपानी पाटाचौर प्रहरी चौकी र थली स्थित प्रहरी चौकीका निम्ति एक एक वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन्।