काठमाडौं, त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताएका छन्। यस विद्यालयमा कुल १६४३ जना विद्यार्थी अध्ययनरत छन्।
उनले विद्यालयको होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै विद्यार्थी सुरक्षित रहेको बताए। उनले भने, ‘होस्टेलमा बस्ने र त्रिसुलीवारिका सबै सुरक्षित छन्। त्रिशूली बजार, विदुर, बट्टारतिरबाट आएका विद्यार्थी केही मिसिङ भएकी भन्ने आशङ्का छ।’दुई वटा बस सुरक्षित रूपमा गएको जानकारी पाएको बताए।
उनले भने– ‘केही विद्यार्थी बाढी हेर्न गएकी भन्ने छन्। केही अभिभावकहरूले सम्पर्क गरेका छन्। तर वास्तविक विवरण प्राप्त नभएकाले यसै भन्ने अवस्था छैन।’ विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ।