काठमाडौं, बिनादर्ता सञ्चालित जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द गरिएको छ।
उपचारमा लापरबाही गरेको र दर्ताबिना नै सञ्चालन गरिएको पाइएपछि शनिवार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा अस्पतालमा सञ्चालकले तालाबन्द गरेर साँचो सरकारलाई बुझाएका हुन्।
गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीय बबिताकुमारी यादवको अहिलेसम्म होसमा नआएको घटना सार्वजनिक भएको थियो।
त्यसपछि अस्पतालमा छड्के अनुगमन गरेका मुख्यमन्त्री सिंहले आईतवारसम्म आफैँले ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन सञ्चालकहरूलाई निर्देशन दिएका थिए। यससँगै मुस्कान अस्पताल बन्द भएको हो।
त्यहाँ रहेका बिरामीहरूलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरी ताला बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका थिए।