काठमाडौं, तत्कालीन संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनको मुन्धुम र हिन्दु संस्कृति अनुसार दाहसंस्कार गरिएको छ।
नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए।
दाहसंस्कारका क्रममा उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो।
नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री दाहाल, मन्त्रीहरू, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, विभिन्न दलका शिर्ष नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुकको ठूलो उपस्थिति रहेको थियो।