केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो : महामन्त्री थापा

HTV Khabar १४ माघ २०८०, आइतबार ०६:२४ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेताहरुको बन्धक भएकाले मुलुक संकटमा पर्दै गएको बताएका छन्।


संवाद यात्राका क्रममा आईतवार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाए।


उनले पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर गरे। उनले पालैपालो सत्ता संचालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरु सिर्जना भएको धारणा राखे 


महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाडै नै सुवर्र्णशम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए। उनले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गरे।