अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागले गरायो सचेत

HTV Khabar १२ फाल्गुन २०८१, सोमबार ०९:१७ मा प्रकाशित

काठमाडौं,  वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ।

बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो।

अहिले सरकारले बेलायतमा मौसमी कामदार पठाउने बारे कुनै नीतिगत निर्णय नगरेको समेत स्पष्ट पारेको छ।‘यस्तो काम कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न, अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध छ,’ विभागले भनेको छ।