केही समय अघि आसपासमा घटेका घटना क्रमले निष्क्रिय झैं देखिएको कपन प्रहरी प्रभाग अहिले प्रहरी निरीक्षक स्मृति सिलवालको कमान्डमा दिनहुँ सक्रिय बन्दै गएको देखिन्छ। कहिले गाँजा खेती फडानी त कहिले स्विप अपरेसन गरेर कपन क्षेत्रमा भए भरका चोरीका सामानसहित चोर पक्राउ गर्ने दैनिकी नै भएको देखिन्छ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं.१०,११ र १२ को कपन क्षेत्रभरिको शान्ति सुरक्षाको अभिभारा लिएको प्रहरी प्रभाग कपनबाट संचालित सादा पोशाकका प्रहरीले सुक्ष्म ढङ्गले अध्यन र रेकि गरेर शंकास्पद गतिविधि भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिने गरेका छन्। यसरी प्रहरी सफल हुनमा प्रभाग प्रमुख विशेषगरी कर्मठ हुन जरुरी हुन्छ। आफ्नो मातहतका प्रहरी कर्मचारीलाई के कसरी परिचालन गर्ने भन्ने कुरा कमान्डरको क्षमतामा निर्भर हुने गर्दछ। प्रमुखले आफ्नो मातहतका कर्मचारीलाई देखाउने सदासयताले पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।
उत्कृष्ट कमान्डिङको क्षमता र स्थानीय वासीसंगको सहयोगी भावना व्यवहार भएको कारण पनि प्रहरी निरीक्षक स्मृति सिलवालको सर्वत्र चर्चा हुनथालेको छ। स्थानीयवासी केही भएपनि शान्तिको श्वास फेर्न थालेको अनुभूति हुनथालेको छ। प्रहरी कर्मचारी पनि आफ्नो प्रमुखको व्यवहारले खुशी देखिन्छन्।
कपन प्रहरीले हिजै मात्रै पनि केही चोरहरुलाई चोरीको सामानसहित पक्राउ गर्न सफल भएको छ। जसको विवरण कपन प्रहरीले यसरी सार्वजनिक गरेको छ।
चोरीमा संलग्न मानिसहरु पक्राउः-
**************************
मिति २०८०/०२/१५ गते काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा १२ कपन स्थित घरमा चोरी गरि फरार रहेको भन्ने सुचना प्राप्त ।
प्राप्त सुचनाको आधारमा प्रहरी प्रभाग कपन बाट खटिएको प्रहरी टोलीले खोजलास गर्दै जाने क्रममा मिति २०८०/०२/१५ गते अन्दाजी बेलुका २१:१५ बजेको समयमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ स्थित बाट तपशिलमा उल्लेखित चोरी भएको सामानहरु सहित चोरीमा संलग्न निम्न मानिसहरूलाई नियन्त्रणमा लिएको ।
चोरी भएको सामानहरको विवरणः-
१, एकलाख मुल्य बराबरको ज्याकेट ।
२) विभिन्न मोडलको Iphone थान २ ।
३) GTA लेखिएको Mountain साईकल थान १ ।
४) विभिन्न कम्पनिको मोबाईल थान ४ ।
५) विभिन्न कम्पनिको Sound speaker थान ४ ।
६) विभिन्न विदेशी ब्राण्डका घडी थान ४ ।
७) चाँदीको सीक्रि थान १ ।
८) धारीलो हतियार थान १ ।
पक्राउ परेका मानिसहरुको विवरण : -
१) जिल्ला झापा हल्दीबारी गा.पा.वडा नं.७ घर भई हाल का.जि. बूढानीलकण्ठ न.पा.वडा नं. ११ बस्ने वर्ष २१ अजय राज शिवकोटी ।
२) जिल्ला प्युठान न.पा.वडा नं. ९ घर भई हाल का.जि. बूढानीलकण्ठ न.पा.वडा न. १० कपन बस्ने वर्ष ३१ को गणेश नेपाली ।
३) जिल्ला सिन्धुपाल्चोक चौतारा घर बताउने का.जि.धुम्बराही बस्ने वर्ष १९ को दिपक गिरी।
उक्त घटना सम्बन्धमा प्रकरण (क) मा बरामद दशीसहित प्रकरण (ख) मा उल्लेखित पक्राउमा परेको व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि तालुक प्रहरी बृत्त बौद्व पठाईएको छ।