लागूऔषध कारोबारमा संलग्न छ जना पक्राउ

HTV Khabar २१ कार्तिक २०८०, मङ्गलबार ०५:५८ मा प्रकाशित
काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ। ब्यूरोले फरकफरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा काठमाडौं-४ की ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गाको खिजीदेम्बा-३ का ३८ वर्षीय गंगालाल बिक, काठमाडौं गोकर्णेश्वर-४ बस्ने ५० वर्षीय दिपक श्रेष्ठ, त्यही बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन, सिराहा धनगढीमाई-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दिप ईटनी रहेका छन्।


उनीहरुले लामो समयदेखि नेपाल-भारत सिमानाबाट लागूऔषध नेपालमा ल्याएर काठमाडौंको विभिन्न स्थानमा कारोबार गर्ने गरेको खुलेकाले थप अनुसन्धान भइरहेको छ।