बढ्यो बियरको मूल्य !

HTV Khabar १६ जेठ २०८१, बुधवार ०९:२४ मा प्रकाशित

काठमाडौं, सरकारले बियरको मूल्य बढाएको छ। पाँच प्रतिशतसम्म अल्कोहल भएको बियरको मूल्य पाँच रूपैयाँले बढाएको छ। यस्तै १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वियरको मूल्य प्रतिलिटर १९ रुपैयाँसम्म मूल्य बढाएको छ।

यो मूल्य आजबाट नै लागु हुनेछ। १२ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ। त्यस्तै, ३९.९४ प्रतिशत अल्कोहल भएको बियरको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्य बियरको मूल्य भने ६० रुपैयाँसम्म मूल्य बढेको बताइएको छ।