सडकमा निर्माण सामग्री राखेमा महानगरले यसरी गर्छ २५ हजार जरिवाना

HTV Khabar ११ भाद्र २०८०, सोमबार ०३:२४ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ। महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो।


स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ। यसअघि महानगरले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्नेलगायतमा पनि जरिवाना गर्दै आएको छ।