काठमाडौं, नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन्। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो।
विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत खड्काको बढुवासँगै जिम्मेवारी हेरफेर हुनेछ। गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि एक जना उपरथीको पद रिक्त भएको थियो।त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकास भएका थिए।