अनलाइन व्यापारको बहानामा ठगी गर्ने रमेश पक्राउ

HTV Khabar २२ मंगशिर २०८०, शुक्रबार १२:३९ मा प्रकाशित
काठमाडौं, अनलाइन व्यापारको बहानामा ठगी गर्ने एक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठ रहेका छन्।


श्रेष्ठले फेसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा अनलाइन खाता खोली आईफोन १२ प्रो, आइफोन १३ प्रो जस्ता मोबाइलहरू बिक्रीमा राखेर विभिन्न बहानामा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो।


सो उजुरीमो आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। श्रेष्ठले विभिन्न व्यक्तिबाट ८ लाख ४ हजार ९८५ रुपैयाँ ठगी गरेको पाइएको भन्दै रेग्मीले अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ।