काठमाडौं, सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ।
विहिवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त गरेको छ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा.आरती बिछार, डा.रमेश प्रसाद सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा.जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको जानकारी दिए।