काठमाडौं, चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। आईतवार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बीच कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो।
यस क्षेत्रकै सर्वोत्कृष्ट कलेज भनेर नामाकरण गर्न कन्जुस्याइँ गर्नु नपर्ने मनास्लु कलेजले आयोजना गरेको विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रममा अत्यन्तै फरक र राष्ट्रिय कार्यक्रमको झल्को दिनेगरि सम्पन्न भएको छ।
मनास्लु सिङ्गिङ आइडल-२०८०, मिस्टर एण्ड मिस मनास्लु-२०८०, मनास्लु डान्सिङ स्टार-२०८० जस्ता अनुकरणीय कार्यक्रममा प्रतियोगीहरुको उत्साह र प्रस्तुतिले उपस्थित अतिथि र दर्शकहरुलाई जुरुकजुरुक उचालेको थियो। उक्त प्रतियोगिताअन्तर्गत सिङ्गिङ आइडलको उपाधि अरुण लामाले हात पारेका छन्। त्यस्तै, डान्सिङ स्टारको उपाधि सुस्मिता सनारले हात पारेकी छन्।
त्यसैगरी मिस्टर एण्ड मिस मनास्लु २०८० अन्तर्गत मिस मनास्लुको उपाधि सेरेन लामा वाइवाले हात पारिन् भने मिस्टर मनास्लुको उपाधि दावा छिरिङ भोटेले हात पारेका छन्।
प्रतिस्पर्धीलाई विभिन्न सब टाइटलमा पनि प्रतिस्पर्धा गराइएको थियो। जसअन्तर्गत मिस पर्सनालिटी अवार्ड स्मृति तामाङ र मिस्टर पर्सनालिटीको उपाधि किशोर रोकाले जितेका छन्। त्यस्तै, मिस क्याट वाकको उपाधि सुप्रदा राई र वेष्ट वाकको उपाधि सुजन गिरीले हात पारेका छन्।
त्यसैगरी मिस फोटो जेनिक अवार्ड मिनु तामाङ र मिस्टर फोटो जेनिकको उपाधि मनोज विश्वकर्माले जितेका छन्। त्यस्तै, वेष्ट स्माइलको उपाधि जेशिका राज्यलक्ष्मी ठकुरी र पुरुषतर्फ प्रकाश डंगोलले हात पारेका छन्। त्यसैगरी मिस फ्रेण्ड्लीको उपाधि समिक्षा अधिकारी मिस्र्टर फ्रेण्ड्ली अवार्ड दिपेशप्रसाद कुशुवाहले हात पारेका छन्।
मिस पपुलर सेरेन लामा वाइवा, मिस्टर पपुलरको उपाधि दावा छिरिङ भोटेले हात पारेका छन्। त्यस्तै, मिस ट्यालेन्टको उपाधि शशिकला तामाङ, मिस्टर ट्यालेन्टको उपाधि शक्ति देवालीले हात पारेका छन्।
त्यस्तै मिस डिसिप्लिनको उपाधि आङ डोल्मा शेर्पा र मिस्टर डिसिप्लिन नवराज तामाङले हात पारेका छन्। त्यस्तै, मिस मल्टिमिडियाको उपाधि शशिकला तामाङ र मिस्टर मल्टिमिडियाको उपाधि दिपेशप्रसाद कुशुवाहले जितेका छन्।
मनास्लु सिङ्गिङ आइडलको निर्णायकका रुपमा गायिका कुन्ती मोक्तान र शुवानी मोक्तान रहेका थिए। त्यस्तै, मिस्टर एण्ड मनास्लु २०८० को निर्णायक मण्डलका रुपमा सगुन पाण्डे, लभिन अन्सारी, ममता सापकोटा, अविविन खनियाँ, पुर्णिमा कार्की रहेका थिए। त्यस्तै, मनास्लु डान्सिङ स्टारलाई कोरियोग्राफर महेश गोदार, मोडल एवम् कोरियोग्राफर गजित विष्टले मूल्यांकन गरेका थिए।
यी सबै प्रतियोगिताका फाइनालिष्टहरु अडिसनमार्फत छनोट भएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए। ‘हामीले सबै प्रतिस्पर्धीलाई अडिसनमार्फत नै प्रतिस्पर्धा गराएर फाइनल राउण्डसम्म ल्याएका हौँ,’ उनले भने, ‘यी तीनवटै प्रतियोगितामा सहभागि विद्यार्थीहरुले भविष्यमा आ–आफ्नो क्षेत्रमा बेग्लै पहिचान बनाउनु हुनेछ भन्ने विश्वास लिएका छौं।’
औपचारिक कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीलाई कक्षा १२ मा अध्ययरत छात्रा ज्योति पुनले मन्तव्यमार्फत स्वागत गरेकी थिइन्। उनले कक्षा ११ का विद्यार्थीलाई लक्षित गर्दै आफूलाई पनि एसईई उत्तिर्ण भएपछि के पढ्ने कहाँ पढ्ने भन्ने कुरा सताइरहेको बेला मनास्लुजस्तो कलेज फेला परेर ठूलो सहयोग पुगेको बताइन्। ‘कक्षा ११ मा मनास्लुमा भर्ना भएर एकदमै सही निर्णय गरेछु भन्ने अहिले आएर लाग्न थालेको छ,’ उनले भनिन्, ‘मनास्लुमा आएर पढाइमात्र नभएर अतिरिक्त क्रियाकलपामार्फत आफ्ना प्रतिभासमेत पहिचान र प्रस्फुटन गर्न पाएकी छु।’
कलेजका प्रिन्सिपल श्रेष्ठले मनास्लुले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई समेत जोड दिएर अघि बढिरहेको बताए। ‘अबको विद्यार्थी पढाइमा मात्र भएर पुग्दैन भन्ने कुरालाई मध्यनजर गर्दै अतिरिक्त क्रियाकलापलाई समेत विशेष जोड दिँदै आएका छौँ,’ कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘कार्यक्रममा प्रस्तुत भएका विद्यार्थीका प्रतिभाले नै त्यसलाई पुष्टि गर्छ भन्ने मैले विश्वास लिएको छु।’