काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई निरोगी बनाउन एक मिहिने स्वास्थ्य अभियान शुरु गरेका छन्। जसको थालनी भोलिबाट हुँदैछ।
उनले स्वास्थ्य सेवामा सुधारका लागि भन्दै सरकारी अस्पतालमा दुई सिफ्टमा सेवा शुरु गरे। फलस्वरुप अहिले अस्पतालहरुमा पहिलेभन्दा धेरै नागरिकले उपचार पाइरहेका छन्। सार्वजनिक बिदाका दिन बन्द हुने ओपीडी पनि अहिले सञ्चालनमा छन्। यसले सरकारी अस्पतालमा पहिलेभन्दा धेरै नागरिकले सेवा पाइरहेका छन्।
अब स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले उपचारमा सुधारका साथै रोग लाग्न नदिन भन्दै नागरिकहरुको परीक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। नागरिकको स्वास्थ्य धेरै बिग्रन नदिन रोगको शुरुवाती अवस्थामै उपचार तथाा स्वास्थ्यबारे सजग बनाउन कार्यक्रम ल्याउने घोषणा गरेका मन्त्री पौडेलले फागुन १ गतेबाट ३० वर्ष माथिका नागरिकको नसर्ने रोगको परीक्षण निशुल्क गर्ने व्यवस्थ मिलाएका छन्।
यसअनुसार अब ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गरिनेछ। यस आधारमा नागरिकले आफ्नो स्वास्थ्य बिग्रेको भए उपचार तथा राम्रो भए जानकारी पाउनेछन्।
पैसा नलाग्ने यस्तो सुविधा यसअघि दिइएको थिएन
मन्त्री पौडेलले फागुन महिनामा पाठेघरको मुखको क्यान्सरबिरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने गरी व्यवस्था मिलाएका छन्।