काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकामा ६८औं राष्ट्रिय सहकारी दिवस भव्यरूपमा मनाईने भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यता तथा उप प्रमुख शान्ता थापाको अध्यक्षतामा कार्यक्रम आयोजना गरेर ६८औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको नगर सहकारी शाखा प्रमुख विश्वास ज्ञवालीले एचटिभी खबरलाई बताए।
उक्त कार्यक्रममा सहकारी ठगीको उजुरी र कार्वाहीको लागि विशेष सहयोग पुर्याउने प्रहरीहरु तथा नगरको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउने कलाकारहरुलाई सम्मान गरिने सहकारी शाखा प्रमुख ज्ञवालीले प्रष्ट्याए।
कार्यक्रमको आकर्षणको रूपमा सहकारी ठगी सम्बन्धि सचेतनामूलक लघु चलचित्र "वचत" प्रदर्शन गरिने पनि ज्ञवालीले बताए।