चुच्चे नक्सा हटाएको कारण बालेनले त्यागे चीन भ्रमण

HTV Khabar १४ भाद्र २०८०, बिहीबार ०४:२८ मा प्रकाशित
काठमाडौं,  नेपालले लिपुलेक र लिम्पियाधुरा समेटेर प्रकाशित गरेको नक्साको वेवास्ता गर्दै केही दिन पहिले चीनको प्राकृतिक नक्सा प्रकाशित भएको छ। जसमा ती क्षेत्रलाई हटाएर पुरानो बुच्छे नक्सालाई कायम गरेर नेपाल देखाएको छ। जसले ती क्षेत्र नेपालको नभएर भारतको नै भएको जनाउँछ। यसरी चीनले नेपालको स्वाधीनताम आँच आउने कार्य गरेकोले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले चीनको पाँचदिने भ्रमण त्यागेका छन्। सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा स्पष्ट लेखेका छन्। 


हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौ ।

 त्यसैले आज मेरो, चीनको निमन्त्रणामा   हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।