एप्पलले गर्‍यो क्यामरासहितको ईयरबड्स ल्याउने तयारी

HTV Khabar २० फाल्गुन २०८०, आइतबार ०५:०५ मा प्रकाशित

काठमाडौं, एप्पलले क्यामेरा भएको ईयरबड्स ल्याउने तयारी गरीरहेकाे छ। ब्लुमबर्गका अनुसार एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको ईयरबड्स ल्याउन लागेको हो।

एप्पलका इन्जिनियरले गत वर्षदेखि नै ईयरबड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए। अब सार्वजनिक हुने नयाँ ईयरबड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेका छन्।

त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गरिने बताइएको छ।

एप्पलले पनि गत वर्ष ह्याप्टिक फिडब्याक र प्रेसर सेन्सेटिभ इन्पुट सुविधा सहितको स्मार्ट रिङ ल्याउने जनाएको थियो। यद्यपि अहिलेसम्म कम्पनीले यसको विकास कहाँसम्म पुग्यो भन्ने विषयको जानकारी बाहिर ल्याइसकेको छैन।