सुनचाँदीको मूल्य बढ्यो ! कतिमा हुँदैछ कारोबार ?

HTV Khabar २९ असार २०८०, शुक्रबार ०६:२० मा प्रकाशित

नेपाली बजारमा शुक्रवारपनि सुनचाँदीको भाउ सामान्य बढेको छ।  सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ ।

विहिवार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रवार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। विहिवारपनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।