भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

HTV Khabar १६ असार २०८१, शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं,  नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले फरार रहेका झालाई शुक्रबार पक्राउ गरेको हो।

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

झाले बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। यही प्रकरणमा शुक्रवार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए। उनीहरु दुवैजना विरुद्ध आईतवार म्याद थप गर्ने प्रहरीको तयारी छ।