सुशासन र डेलिभेरी दिन नसके रास्वपाले सरकार छोड्छ- स्वर्णिम वाग्ले

HTV Khabar २२ फाल्गुन २०८०, मङ्गलबार ०८:१४ मा प्रकाशित

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेका कारण आफूहरुले साथ दिनुपर्छ भन्ने निर्णयमा पुगेको बताएका छन्।

सोमवार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वाग्लेले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर निर्णायक सम्बोधन गर्न खोजेको बताए। उनले सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपाले सरकार छोड्ने दाबी गरे।


उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए। उनले रास्वपा शर्तसहित सरकारमा सहभागी भएको र शर्तहरु कायम नरहेको अवस्थामा सरकार छोडेर बाहिरिने दाबी गरे।