लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको ऐतिहासिक पिभिएसटी स्कुलिङ्ग

सबिन पन्त 'पृथक' २० जेठ २०८१, आइतबार १२:५९ मा प्रकाशित

काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको पिभिएसटी स्कुलिङ्ग कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालको अध्यक्षतामा लायन वर्ष २०२४/२५ को बागमती गुल्मी अर्धाखाचि क्षेत्रको पिभिएसटी स्कुलिङ्ग कार्यक्रम काठमाडौंको गोधुली फूडल्याण्डमा सम्पन्न भएको हो। ५७ वटा क्लबहरुबाट १६३ जना लायन्स पदाधिकारीहरुले स्कुलिङ्ग कार्यक्रममा सहभागिता जनाएका थिए।

विहान ९ः०० बाट शुरु भएको कार्यक्रम, लायन्स क्लब, यसको स्थापनाको ईतिहास, नेपालमा लायन्सको स्थापना र हालको अवस्था, अन्तराष्ट्रिय क्षेत्र तथा नेपालमा लायन्सको मानविय सेवा र यसले समाज परिवर्तनमा खेलेको महत्वपुर्ण भुमिकाको सम्वन्धमा चर्चा गरिएको थियो।

स्कुलिङ्ग कार्यक्रममा क्लबका लायन वर्ष २०२४/२५ का लागि निर्वाचित अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको काम कर्तव्य र अधिकार सम्वन्धमा छुट्टाछुट्टै प्रशिक्षण दिईएको थियो।

लायन वर्ष २०२४/२५ का गभर्नर चण्डी प्रसाद अर्यालले लायन्स सदस्यहरुको सहभागीताको आधारमा पिभिएसटी कार्यक्रम ऐतिहासिक भएको बताए। उनले भने "केहि दिनअघि पोखरामा र अहिले काठमाडौंमा भएको कार्यक्रममा यहाँहरुले जनाउनु भएको उच्च सहभागिताले आफुमा निक्कै उर्जा थपिएको महशुस भएको छ।"

"गभर्नर एक वर्षको लागि अस्थाई पात्र हो, मुख्य तथा स्थाई पात्र त तपाईं हरेक लायन सदस्यहरु हो" भन्दै, लायन वर्ष २०२४/२५ मा हाम्रो डिष्ट्रिक्टलाई उचाई कति माथि पुर्‍याउने भन्ने कुरा हरेक लायन सदस्यमा निर्भर रहेको अर्यालले बताए।  उनले बचेको धन र समय, समाजमा आफु भन्दा निम्न वर्गको लागि खर्च गर्नु र मानव सेवा मार्फत समाज परिवर्तनको पक्षमा उदाहरणीय भएर लाग्नु नै हामी लायन्सहरुको मुल लक्ष्य हुनुपर्ने बताए।

सोहि अवसरमा वागमती क्षेत्र अन्तर्गत रहेका क्लस्टर चिफहरु पुरुषोत्तम मैनाली, रामचन्द्र भट्टराई र देवेन्द्र सारु मगरले आफ्नो क्लस्टर अन्तर्गत रहेका रिजन, जोन र क्लबहरुको सहभागितामा छुट्टा-छुट्टै कार्यक्रम आयोजना गरेका थिए।

वागमती क्षेत्रमा भएको यस  पिभिएसटी स्कुलिङ्ग कार्यक्रम भव्य, सभ्य र निक्कै उत्साहप्रद भएको गण्डकी क्षेत्रबाट सहभागी तथा डिष्ट्रिक्टका आईटी संयोजक विकास भुर्तेलले बताए। लामो समय निजामतीसेवामा रहेर हालै सेवा निवृत्त भएका लायन्स क्लव गुल्मी रेसुङ्गाका अध्यक्ष राजेन्द्र पाण्डेले आफुमा रहेको समाज सेवाको हुटहुटी, यस पवित्र सामाजीक संस्था मार्फत जोडिएर पुरा भएको बताए।

डा.बिष्णु गौतमको संयोजनमा भएको यस कार्यक्रममा आईपिडिजी महेन्द्र पौडेल, पिएमसिसी गिरिधारी शर्मा, फर्स्ट भिडिजी इलेक्ट धनिराम बराल, सेकेन्ड भिडिजी इलेक्ट रत्नप्रसाद पराजुली, सेक्रेटरी बलराम सुबेदी, हरिचन्द्र तिवारी, ताराप्रसाद त्रिपाठी, माधब पाण्डे, जेपी चापागाई, गिता शर्मा चापागाई, यमुना भण्डारी लगायतका उच्च लायन लिडरहरुको सहभागिता रहेको थियो।

कार्यक्रम लायन वर्ष २०२४/२५ का डिष्ट्रिक्ट सचिव शिवराज आचार्यले संचालन गरेका थिए।