खिपाली मोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

HTV Khabar २९ असार २०८२, शनिबार ०५:२० मा प्रकाशित

काठमाडौं, बैतडीको पाटन नगरपालिका–६ को खिपाली मोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृ'त्यु भएको छ। दु'र्घटनामा अन्य ६ जना घा'इते भएका छन्।

आज बिहान ६ बजेतिर सुपप्र ०१००१ ज १३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोष बहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृ'त्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य ६ जना घा'इते छन्। जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दु'र्घटनाको कारण खुल्न सकेको छैन।