एकीकृत समाजवादीका अध्यक्ष नेपाल १५ जनाको टोलीसहित चीन प्रस्थान

HTV Khabar २२ कार्तिक २०८०, बुधवार ०७:२७ मा प्रकाशित
काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन्। १५ जनाको टोलिसहित अध्यक्ष नेपाल मङ्गलवार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन्।


चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली चीन जान लागेको जानकारी दिएका थिए। चीन भ्रमणका क्रममा विभिन्न पार्टीहरुसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको सहर पुग्ने कार्यक्रम रहेको उनले बताए।


त्यस्तै अध्यक्ष नेपालले भूकम्पले पीडित भएका जनताका लागि सरकार क्रियाशिल हुनुपर्ने जिकिर गरे। चीन जानुअघि अध्यक्ष नेपालसहितको टोली बालुवाटार पुगेर भूकम्प पीडितका लागि राहतस्वरुप २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका थिए।