बिरामी बोकेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

HTV Khabar २९ श्रावण २०८१, मङ्गलबार ०५:५२ मा प्रकाशित

काठमाडौं, मौसम खरावीका कारण धादिङकाे थाक्रे गाउँ पालिका वडा नम्बर ७ सातकिलाेमा मंगलवार दिउँसो ५:१५ बजेतिर  बिरामी बोकेको हेलिकप्टर आकस्मिक  अवतरण गरिएको छ। 

पाेखराको  मनिपाल अस्पतालबाट दमकाे बिरामी बोकेर काठमाडौँ  आउँदै गरेकाे बिरामीसहितकाे हेलिकप्टर रोकेर सुरक्षित राखिएको थाक्रे गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडाले जानकारी दिए। 

कैलास हेलिकप्टर सर्भिसेजकाे 9N-AML  सातकिलाबाट काठमाडौँ जाने मौसम पर्खाइमा  रहेको छ। यतिखेर कुइरो लागिरहेको छ भने वर्षा भइरहेको छ।