काठमाडौं, नेपाली बजारमा साेमवार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ।
महासङ्घका अनुसार सोमवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
आईतवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।