मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले मन्त्रिपरिषद्को निर्णयअनुसार योजना कार्यान्वयन नगर्न मन्त्रालय र मातहतका निकायमा पत्राचार गरिएको जानकारी दिए।
मन्त्रालयले चालू आवको स्वीकृत वार्षिक कार्यक्रममा दश लाख रुपैयाँभन्दा बढी रकम विनियोजन भएका विकास आयोजनाहरूको हकमा प्रदेश विनियोजन ऐन, २०८२ लगायत अन्य प्रचलित कानूनको अधिनमा रही प्रतिस्पर्धात्मक खरिद प्रक्रियाका माध्यमबाट मात्र कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको छ। मन्त्रालयले गुणस्तर र पारदर्शिता सुनिश्चित हुने गरी खरिद प्रक्रियाका माध्यमबाट मात्र कार्यान्वयन गर्न भनेको हो।