हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो

HTV Khabar १४ मंगशिर २०८०, बिहीबार ०३:५८ मा प्रकाशित
काठमाडौं, हमास र इजरायलबीच कायम युद्धविराम एक दिन लम्बिएको छ।

जारी युद्धविरामको मध्यस्थ गरिररहेको खाडी मुलुक कतारले शुक्रबारसम्मयुद्धविराम लम्ब्याइएको पुष्टि गरेको हो।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका लागि समान अघिल्ला सर्तहरूमा विस्तार गर्न सम्झौतामा पुगिएको जनाएको हो।