मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

HTV Khabar ६ श्रावण २०८२, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौं,  मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन्।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो। उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए।

चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो। झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।