गस्तीमा गएको सेनाले आत्मरक्षाका लागि गोली चलायो, गैँडाको मृत्यु

HTV Khabar २७ चैत्र २०८२, शनिबार १०:०७ मा प्रकाशित

चितवन, गस्तीमा गएको सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा राष्ट्रिय निकुञ्जमा एक गैँडाको मृत्यु भएको छ।

निकुञ्चभित्र गस्ती गरिरहेको गोरख गणस्थित सेहरी सुरक्षा पोष्टको टोलीलाई गैँडाले आक्रमण गरेको थियो। गैँडा धपाउनका लागि सेनाले १४ राउन्ड हवाई फायर गरेको थियो।हवाई फायरपछि पनि गैँडा नभाग्दा आक्रमणमा परेका सैनिको बचाउका लागि दुई राउन्ड गोली चलाएको निकुञ्चका सूचना अधिकारी अविनाश थापा मगरले बताए।

उक्त गोली लागेर २४ वर्षको पोथी गैँडाको घटनास्थलमा मृत्यु भएको उनले बताए।