काठमाडौं, नेपाल विद्यालय रग्वी आयोग बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईको प्रमुख आतिथ्यतामा कपनको मिलनचोक अवस्थित जोसेफ माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित अधिवेशनले रामप्रसाद गौतमको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो।
विद्यालय रग्वी आयोग राष्ट्रिय समितिका सचीव सबिन पन्त 'पृथक' ले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय अध्यक्ष जे.बि.दीपक अधिकारी तथा नेपाल रग्वी संघ बागमती प्रदेशका अध्यक्ष विनोद तामाङको समुपस्थितिमा रग्वी आयोगका राष्ट्रिय उपाध्यक्ष नारायण रोकाको संयोजनमा सहसचिव सुगन्ध राज रेग्मीसहित निर्मित निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो।
नयाँ कार्यसमितिमा अध्यक्ष रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष नारायण बाबू तिमल्सिना, द्वितीय उपाध्यक्ष पुष्पराज सिम्खडा, तृतीय उपाध्यक्ष बाबुराम गौतम, सचिव दिनेश खतिवडा, कोषाध्यक्ष बसन्त अर्याल, सहसचिव निशान गौतम, सहकोषाध्यक्ष जीवनराज पन्थी, सदस्यहरुमा विमल अधिकारी र दिलिप रेग्मी चयन भएकाछन्।
नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए भने राष्ट्रिय अध्यक्ष दीपक अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए।