- गृहपृष्ठ
- आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा संलग्न
आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा संलग्न
HTV Khabar
२२ कार्तिक २०८०, बुधवार ०२:४१ मा प्रकाशित
काठमाडौं, आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ। बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत सहभागी भएका छन्।
जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्।
साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ। घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ।
गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो। तर सरकार र आरती पक्षबीच वार्ता हुन सकेको छैन।
