काठमाडौं, नेपाल विद्यालय रग्वी आयोगको दोस्रो राष्ट्रिय महाधिवेशन बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोकस्थित जोसेफ माविको सभाकक्षमा आयोजित दोस्रो राष्ट्रिय उक्त महाधिवेशनले विद्यालय रग्वी आयोगका संस्थापक अध्यक्ष जे.बि. दीपक अधिकारीको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय कार्यसमिति चयन गरेको छ।
वरिष्ठ उपाध्यक्ष शिव प्रसाद अर्याल, द्वितीय उपाध्यक्षमा नारायण रोका, महासचिवमा कमलप्रसाद ज्ञवाली, सचीवमा सबिनकुमार पन्त 'पृथक', द्वितीय सचीवमा जयराम चापागाईं, कोषाध्यक्षमा हिमा गुरुङ, सहसचिव सुगन्ध रेग्मी, सहकोषाध्यक्ष विनोद बुढाथोकी, सदस्य खिमप्रसाद गुरुङ, राजेश रायमाझी र टंक चापागाईं सर्वसम्मत निर्वाचित भएका छन्।
महाधिवेशन दुई चरणमा सम्पन्न भएको थियो। कार्यक्रममा रग्वी संघका केन्द्रीय अध्यक्ष दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतन गिरि, सदस्य सन्तोष पाण्डे, काठमाडौं जिल्ला एन. प्याब्सन वरिष्ठ उपाध्यक्ष मनोज अधिकारी, किवानिज नेपालकि लेफ्टिनेन्ट गभर्नर प्रमिला लामिछानेलगायत खेलाडीहरुको उपस्थिति रहेकोे थियो।
संघको केन्द्रीय सदस्य एलिसा थापाको संयोजनमा निर्वाचन समिति गठन गरिएको थियो। उक्त निर्वाचन समितिले विद्यालय रग्वी आयोगको सर्वसम्मत निर्वाचित राष्ट्रिय कार्यसमिति घोषणा गरेको थियो।