सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

HTV Khabar २६ कार्तिक २०८०, आइतबार १२:२२ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७ सय र तेजाबी सुन एक लाख १३ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार छापावाल सुन तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।