लायन्स क्लब आरम्भको उत्कृष्ट कार्य: कान्ति बाल अस्पतालका बिरामी र कुरुवालाई फलफूल तथा बिस्कुट वितरण

सबिन पन्त 'पृथक' २१ पौष २०८०, शनिबार ०७:४७ मा प्रकाशित
काठमाडौं, लायन्स क्लब अफ काठमाडौं आरम्भ देउरालीको आयोजनामा कान्ति बाल अस्पतालमा रहेका ३०० भन्दा बढी बिरामी र कुरुवालाई फलफुल तथा बिस्कुट वितरण गरिएको छ।


लायन्स क्लब आरम्भ देउरालीकि अध्यक्ष पुर्णिमायाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथितको रुपमा डिष्ट्रिक्ट गभर्नर लायन भिमलाल पौड्यालको उपस्थिति रहेको थियो।


सो अवसरमा अस्पतालका अध्यक्ष डा.बाबुराम गौतम, निर्देशक डा.पंकज राय र डा.रेस्मा श्रेष्ठ लगायत अन्य डाक्टर अस्पताल कर्मचारी क्लबका पूर्वअध्यक्ष द्वय दुर्गा केसी, शान्ता पाण्डे र उपाध्यक्ष यामकुमारी रानाभाट, भगवती सापकोटाको उपस्थिति थियो। 


उक्त अवसरमा गभर्नर पौड्यालले मानवीय सेवाको उदेश्य लिएर क्लबले गरेको फलफूल तथा बिस्कुट वितरण कार्य अत्यन्तै महान रहेको बताउँदै उक्त उत्कृष्ट कार्य गर्ने क्लबका पदाधिकारीलाई धन्यवाद दिएका थिए।