काठमाडौं, जानकी चौकीबाट केही मिटरकै दूरीमा रहेको माछा बजार नजिकै हुण्डी कारोबारमा संलग्न एक अभियुक्तलाई मधेश प्रदेशको विशेष टोली र जिरोमाईल प्रहरी चौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने व्यक्ति महोत्तरीको एकडारा गाउँपालिका–४ निवासी ३५ बर्षीय रन्जितकुमार शाह हुन्। उनी हाल माछा बजार नजिक किरण देबि ठाकुरको घरमा डेरा गरी बस्दै आएका थिए।
शाहलाई मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष टोली र प्रहरी चौकी जिरोमाईलको संयुक्त अपरेशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोही कार्यक्षेत्रमै हुण्डी कारोबारका अभियुक्त पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ। पक्राउ परेका शाहमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।