बाजुरामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

HTV Khabar ९ श्रावण २०८२, बिहीबार ०१:३८ मा प्रकाशित

काठमाडौं,  बाजुरामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। हिमाली गाउँपालिका- ५  को क्युडीको कुवाडी-क्युडी कच्ची सडक खण्डमा बाप्र०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमा हिमाली गाउँपालिका-५ कै सुन्नीबाडा बस्ने ७५ वर्षीय बाजा रोकाया र  ७५ वर्षकै निजोरा रोकामा रहेको प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जोराले बताए। उनकाअनुसार जिप सडकबाट २५० मिटर खसेको छ।