नक्कली रक्सी बनाएर बेच्ने ९ जना पक्राउ

HTV Khabar ३ माघ २०८०, बुधवार ०२:५१ मा प्रकाशित

काठमाडौं, काठमाडौं उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।


पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का,सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा रहेका छन्रा।


त्यस्तै रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्री रहेमा छन्। खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभल, गोल्डेन ओकलगायत ब्राण्डका रक्सीको नक्कली बनाएको आरोप छ।