शनिवार रक्तदान कार्यक्रम आयोजना गर्दै शुभप्रभात नेपाल

सबिन पन्त 'पृथक' १४ मंगशिर २०८०, बिहीबार ०५:१३ मा प्रकाशित
काठमाडौं, प्रत्येक वर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रमको निरन्तरता स्वरुप शुभप्रभात नेपालले यसै शनिवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।


मंसिर १६ गते शनिवार सुकेधारा चोकमा रहेको प्रहरी बिट नजिक बिहान १० बजेबाट रक्तदान कार्यक्रम शुरु गरिने संयोजक राम थपलियाले एचटिभी खबरलाई बताएका छन्। 

हाल भैरहेको रगतको अभावलाई पूर्ति गर्नका लागि संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरेर मानवीय सेवाको कर्मलाई पूरा गर्न संस्थाका अध्यक्ष गणेश मिश्रले आग्रह गरेका छन्।