महोत्तरी, महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मङ्गलवार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ। लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए।लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए। अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ।