आईसीसी टी–२० विश्वकप छनोटमा नेपाल र ओमानबिच समुह 'ए' को अन्तिम खेल हुँदै

HTV Khabar १६ कार्तिक २०८०, बिहीबार ०७:३६ मा प्रकाशित
काठमाडौं, नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ। आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ। यो खेल बिहान ९ बजे सुरु हुनेछ। यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो। उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो। नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ। टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ।