सुनचाँदीको मूल्य बढ्यो ! कतिमा हुँदैछ कारोबार ?

HTV Khabar २६ अशोज २०८२, सोमबार १२:०१ मा प्रकाशित

काठमाडौं, सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ र चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमवारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको आजको मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ। चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ। चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो।