मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

HTV Khabar २९ कार्तिक २०८०, बुधवार ११:०९ मा प्रकाशित

काठमाडौं, ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

उनीहरु सवार मोटरसाइकल मंगलबार बेलुकी ६ः४५ बजेतिर तखेल चोकमा सडक छेउँमा रहेको रुखमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए।