पिकअपको क्याबिन मुनी गाँजा

HTV Khabar २५ अशोज २०८०, बिहीबार ०२:१० मा प्रकाशित

मकवानपुर, मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टमा हेटौडा तर्फबाट बिरगंज तर्फ जादै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ७० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका-५ बस्ने बर्ष २२ का सन्देश प्रजा र सोही ठाँउका बर्ष ३४ का युबराज प्रजा रहेका छन्। उनीहरुले पिकअप गाडीको गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लुकाएर गाँजा ल्याएका थिए। प्रहरीले उक्त पिकअप गाडीलाई रोक्न खोज्दा भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा चालक फरार भएका थिए।