काठमाडौं, नेपाल शिक्षक महासङ्घको प्रतिनिधि मण्डलले माननीय शिक्षा मन्त्री विद्या भट्टराई समक्ष आन्दोलन आरम्भ गर्ने कुराको जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको छ।
प्रतिनिधि मण्डलले मन्त्रीसंग भर्खरै जारी भएको निवृतिभरण सम्बन्धी अध्यादेश बारे पनि छलफल गरेको थियो। प्रतिनिधि मण्डलले राज्यले शिक्षक कर्मचारी का समस्या समाधान गर्न अत्यावश्यक रहेको विद्यालय शिक्षा ऐन जारी गर्न बिलम्ब गर्नुका साथै शिक्षकका हित प्रतिकुल निर्णयहरु गर्न थालेकोले अब कडा आन्दोलनमा उत्रने निर्णय गरेको मन्त्री भट्टराईलाई जानकारी गराएको थियो।
मन्त्री भट्टराईले शिक्षकको हकमा योगदानमा आधारित निवृत्तीभरण अध्यादेश जारी भएको मितिबाट लागू हुने आफ्नो बुझाइ रहेको र अधिबेशन बाट विद्यालय शिक्षा ऐन जारी गर्न लागी रहेको बताएको एचटिभी खबरलाई बताए।
महासंघको तर्फबाट योगदान मा आधारित निवृत्तीभरणको प्रस्थान बिन्दु शिक्षा ऐन जारी भएको मितिलाई बनाउनु पर्ने अडान राखिएको महासंघका अध्यक्ष लक्ष्मी किसोर सुवेदीले बताए।
उनले भने "यसका लागि शिक्षा ऐनमा निवृत्तीभरण सम्बन्धि उल्लेख हुनुका साथै ऐन को संशोधन अनिवार्य छ। शिक्षक कर्मचारीका सबै मागमुद्दा सम्बोधन गर्न अब कडा र निर्णायक आन्दोलनको बिकल्प छैन। आन्दोलन को तयारीमा सबै जुटाैं।"