मधेश सरकारमा सहभागी हुने कांग्रेसका चार मन्त्रीको नाम तय

HTV Khabar २४ असार २०८१, आइतबार ०७:४२ मा प्रकाशित

काठमाडौं,  नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा जानका लागि चार जनाको नाम टुंगो लगाएको छ।

कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन चार जनाको नाम टुंग्याएको हो। कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ।

केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो। कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिवार बर्खास्त गरेका थिए।