काठमाडौं, बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन्। राष्ट्रपति मोहम्मद शहाबुद्धिनले रिहा गर्न दिएको निर्देशनअनुसार मङ्गलवार औपचारिक राजपत्रमा रिहाको सूचना जारी गरिएको हो।
सोमवार राष्ट्रिय सम्बोधन गर्दै राष्ट्रपति मोहम्मद सहबुद्दीनले खालिदा जियालाई रिहा गर्ने घोषणा गरेका थिए। उनले पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न पनि निर्देशन दिएको बंगलादेशको डेली सनले लेखेको छ।
जिया सन् २०१८ देखि जेलमा थिइन्। प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले पूर्वाग्रहका आधारमा उनलाई जेलमा पुर्याएको आरोप लाग्दै आएको थियो। हसिना नै आन्दोलनका कारण देश छोडेर भागेपछि जियाको रिहाईको बाटो खुलेको हो।