काठमाडौं, नृत्य निर्देशक/कोरियोग्राफर केशव कोइरालाले काठमाडौंको कृष्टल होटलमा आयोजित “स्पर्श म्युजिक भिडियो अवार्ड-२०२४” मा लोक आधुनिक बिधाबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशक अवार्ड हात पार्न सफल भएका छन्।
बिगत तीन दशक देखि कलाकारिता विशेषगरि नृत्य क्षेत्रमा अनवरत रुपमा योगदान गर्दै आएका कोइरालाले यो अवार्ड प्राप्त गर्दा अझै लोक सांस्कृतिक क्षेत्रमा काम गर्ने जोस जागर र हौशला प्राप्त गरेको मिडियाकर्मी सङ्गको कुराकानीमा बताए।
नेपाली चलचित्र क्षेत्रका बरिष्ट अभिनेता एवं एक्सन किङ्ग शिव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको जुरी मेम्बरहरुमा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, वरिष्ठ छायांकार शिव ढकाल, चलचित्र निर्देशक समीर जोशी रहेका थिए।